Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (बिहीवार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा



मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्ला । बाध्यात्मक परिस्थितिले सताउन सक्छ । अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । गुरुजनको सहयोग नजुट्न सक्छ । लक्ष्यअनुसार समयको उपयोग गर्न नसकिएल ा। सन्तान वा अनुयायीको सहयोगले लाभ दिलाउनेछ । नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला । व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । आमाको माध्यमबाट केही काम बनाउन सकिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता प्राप्त हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिने छ । सरकारी कामकाजमा अलमल हुन सक्छ । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । प्रयत्न गर्दा समस्या समाधान हुनेछन् । कामका लागि धाउनेहरूबाट भने अलि सजग रहनुपर्ला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा समस्या पर्नेछ । नियमित आम्दानीसमेत रोकिन सक्छ । सरसापटमा खर्चनुपर्दा आजको लाभांश सुरक्षित नहुन सक्छ । आम्दानीका स्रोत सबल देखिए पनि अर्थ अभाव हुनेछ । आम्दानी कम भए पनि नयाँ काम गर्ने अवसर जुट्नेछ । केही लगानी परे पनि दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ ।

२०७७ पुस २ गते, बिहीवार, १७ डिसेम्बर २०२० माग
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय