back
CTIZAN AD

पुनर्जीवन पाएको छु – मीन विश्वकर्मा

वि.सं.२०७७ पुस १ बुधवार

1.9K 

shares

नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य मीनबहादुर विश्वकर्माले पुनर्जीवन पाएको बताएका छन् । कोभिड १९ का कारण गम्भिर अवस्थामै पुगेका विश्वकर्मा ३६ दिनको उपचार पछि घर फर्किएर आराम गरिरहेका छन् ।

घर पुगेको १६ दिनपछि आज सामाजिक सञ्जालमा उपस्थित हुन सकेको बताएका छन् । उनले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको जानकारी गराउँदै उपचारमा प्रत्यक्ष सहयोग गर्ने चिकित्सक, नर्स एवम् अस्पतालका अन्य स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । अझै लगातार बोल्न र हिड्न नसकिरहे पनि स्वास्थ अबस्थामा दैनिक सुधार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

“कोभिड– १९ बाट सन्क्रमित भइ पहिले कार्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थियो । बरिष्ठ चिकित्सक डा सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ।

उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु, तथा पुर्व पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु । साथै नेपाली काङ्ग्रेस पार्टीका विभिन्न तहका नेता एबम कार्यकर्ता साथिहरुले ब्यक्त गरेको सुभेच्छाले मेरो मनोबल उच्च बनाएको छ ।

शुरुकै अबस्था देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ।

मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ ।

साथै जीवन र मृत्युको दोसाँधमा हुँदा महाममिम रास्ट्रपति, सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा.मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नुभएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ ।

म ग्रान्डी अस्पतालको आइ. सि.यु. र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखी सन्चार माध्यमबाट निरन्तर सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु ।

अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो । स्वास्थ अबस्थामा दैनिक सुधार भए पनि अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन । अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु । फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु । जय नेपाल ।”

वि.सं.२०७७ पुस १ बुधवार २१:४१ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...