back
CTIZAN AD

नेकपा नेता गैह्रे भन्छन् – पार्टीलाई साँच्चिकैको कम्युनिष्ट र सरकारलाई साँच्चिकैको समाजवाद उन्मुख बनाए समस्या हल हुन्छ

वि.सं.२०७७ पुस १ बुधवार

921 

shares

काठमाडौं । नेकपाका स्याङ्जा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रेले पार्टीभित्रको समस्या पूर्व खेमा वा गुटभन्दा माथि नउठ्ने सोंचले सिर्जना भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत पछिल्लो पार्टी विवादबारे बोल्दै उनले गुटवादी सोंचकै कारण सरकार र पार्टीबीचको तादाम्यता मिल्न नसक्दा समस्या आएको बताए ।

उनका अनुसार नेकपालाई साँच्चिकैको कम्युनिष्ट बनाउने र सरकार साँच्चिकैको समाजवाद उन्मुख बनाउन सकेमा सबै समस्या हल हुनेछन् ।

‘पुर्व खेमा वा गुटबाट माथी उठेर हेर्दा सांच्ची पार्टी र सरकार सन्चालन दुवै मिलिरहेको छैन, सरकारले धेरै राम्रा कामहरु पनि गरेको छ जसको अपनत्व सम्पुर्ण पार्टीले लिईरहेको छैन’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेतृत्वले पार्टीलाई कम्युनिस्ट र सरकारलाई सांच्चिकै समाजवाद उन्मुख बनाउने साहस गर्ने हो भने हाम्रो पार्टीमा वर्तमानमा देखिएजस्ता समस्याहरु फेरि दोहोरिएर आउँदैनन ।’

शीर्ष नेताहरुलाई सम्बोधन गर्दै उनले पूर्ववत खेमाका आधारमा एक अर्काका त्रुटी खोजेर बस्न भन्दा राज्यसत्ता परिवर्तन गर्नतर्फ लाग्न पनि अनुरोध गरेका छन् ।

यस्तो छ गैह्रेले सामाजिक सञ्जालमार्फत नेताहरुलाई दिएको सुझाब

आदरणीय नेताहरुलाई सुझाव : पुर्व खेमा वा गुटबाट माथी उठेर हेर्दा सांच्ची पार्टी र सरकार सन्चालन दुवै मिलिरहेको छैन । सरकारले धेरै राम्रा कामहरु पनि गरेको छ जसको अपनत्व सम्पुर्ण पार्टीले लिईरहेको छैन ।

फेरि सरकार पनि केही आंशिक कार्यक्रम बाहेक विशाल समाजवादी मार्गमा अगाडि बढ्न सकिरहेको छैन । पार्टीले पनि सरकारलाई समाजवादी मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने तथा दबाब दिने गरिरहेको छैन ।

नेतृत्वले पार्टीलाई कम्युनिस्ट र सरकारलाई सांच्चिकै समाजवाद उन्मुख बनाउने साहस गर्ने हो भने हाम्रो पार्टीमा वर्तमानमा देखिएजस्ता समस्याहरु फेरि दोहोरिएर आउंदैनन ।

सांच्ची भन्दा बिगतमा हामी सबैले कुनै न कुनै प्रकारको गल्ती गरेका हुनसक्छौं । देश र जनताको पक्षमा राजनैतिक अभिभारा पूरा गर्ने अभियानमा भएका त्रुटीलाई नितान्त व्याक्तिसंग जोडेर एकले अर्कोलाई सिध्याउन कानुनी र सत्ताको दुरुपयोग हुन सक्ने आशंका अहिले केही पक्षमा उब्जिएको देखिन्छ ।

बिगतको पन्चायती सत्ता देखि संविधान घोषणा हुनुभन्दा अगाडि सम्म सत्ता र शक्तिको दुरुपयोग गरेर देश र जनताको विरुद्धमा काम गर्नेहरु अहिले पनि बग्रेल्ती छन । समाजवादी व्यवस्थाको मुख्य विषय जनताको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्दै अबैध सम्पत्ति नियन्त्रणमा लिने र आम भ्रष्टाचारको अन्त्य गर्ने कार्यको शुरुआत भएकै छैन ।

त्यसैले पार्टी भित्रै एकआपसमा आशंका उब्जिने गरि कार्य गर्नुभन्दा सम्पुर्ण राज्यसत्ता र प्राणालीमा नै सुधार गर्दै समृद्ध समाजवादी राष्ट्रको निर्माण गर्नको लागि विधि तथा पद्धतिको निर्माण र कार्यान्वयनमा लागौं ।

वि.सं.२०७७ पुस १ बुधवार २१:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...