back
CTIZAN AD

राखेप र कीर्तिपुर नगरपालिकाबीच कभर्डहल संचालनका लागि सम्झौता

वि.सं.२०७७ पुस १ बुधवार

771 

shares

१ पुस, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल आज नगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गरेको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र नगर प्रमुख रमेश महर्जनले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्नका लागि दिएको हो । भने राखेपले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नुपर्ने भएमा नगरपालिकालाई पूर्वजानकारी गराउनुपर्ने तथा नगरपालिकाले स्वीकृति दिनुपर्ने उक्त सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौताअनुसार कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत आवश्यक मर्मतसम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्नेछ । नगरपालिकाले आवश्यक तथा मागअनुसार खेलकूद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्नसक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित कानूनबमोजिम समाधान गरिने सम्झौतामा उल्लेख छ ।

विसं २०७५ भदौ १ गते निर्माण शुरु गरिएको उक्त कभर्डहल रु तीन करोड दुई लाख ३० हजारको लागतमा सम्पन्न भएको हो । विसं २०७६ कात्तिक ३० गते निर्माण सम्पन्न भएको सो कभर्डहल ५०० दर्शक अटाउने क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत खेल खेल्न सकिनेछ ।

सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुपयोग गर्ने विश्वास व्यक्त गरे । नगर प्रमुख महर्जनले कीर्तिपुरलाई खेलकूदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

वि.सं.२०७७ पुस १ बुधवार १९:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...