३ पुष, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा ३ हजार भन्दा बढिको मृत्यु भएको छ भने २ लाख भन्दा बढि संक्रमित भएका छन ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७७ जनाको मृत्यु पछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख १७ हजार ९ सय २८ पुगेको छ ।
त्यसैगरि बिहिबार नै अमेरिकामा २ लाख ३० हजार ९ सय ८२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७ सय ७० पुगेको छ ।
अमेरिकामा अहिले पनि ७० लाख १७ हजार ७ सय ८५ जना संक्रमित अवस्थामै रहेका छन भने १ करोड २ लाख ९१ हजार ५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।
वि.सं.२०७७ पुस ३ शुक्रवार ०९:३४ मा प्रकाशित





























