back
CTIZAN AD

पहिलो टेस्ट: भारत २४४ रनमा अलआउट, मिचल स्टार्कको उत्कृष्ट बलिङ्ग

वि.सं.२०७७ पुस ३ शुक्रवार

612 

shares

३ पुष । भारत र अष्ट्रेलिया बिच एडिलेडमा चलिरहेको पहिलो टेस्टको दास्रो दिनमा भारत अलआउट हुन पुगेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको भारत आफ्नो पहिलो इंनिङ्गसमा ९३.१ ओभरमा खेल्दैँ २४४ रन बनाएर अलआउट भएको छ ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाएका थिए भने उपकप्तान राहणे ४२ र पुजारा ४३ रन बनाएर आउट भएको थिए ।

अष्ट्रेलियाका लागि बलिङ्गमा मिचले स्टार्कले उत्कृष्ट बलिङ्ग गदैँ ४ विकेट लिएका थिए भने प्याट कमिन्सले ३, जस हेजलवुडले १ र नेथन लायनले १ विकेट हात पारेका थिए ।

भारतले टेस्ट पहिलो दिनमा ८९ ओभर खेल्दैँ ६ विकेट गुमाएर २३३ बनाएको थियो । दोस्रो दिनको सुरुवाती ४ ओभरमा ४ विकेट गुमाएर १० रन जोड्दैँ भारत २४४ रनमा अलआउट हुन पुगेको थियो ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १०:३५ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...