back
CTIZAN AD

जाडोमा मर्निङवाक जाने कि नजाने ? हेर्नुहोस् यस्तो सुझाव दिन्छन् डा. ओम मूर्ति अनिल

वि.सं.२०७७ पुस ३ शुक्रवार

1.1K 

shares

चिसो मौसम सुरु भइसकेको छ । दैनिक विहानको तापक्रम न्यूनतम ४ देखि ५ डिग्रीमा झरेको हुन्छ । यस्तो अवस्थामा मर्निङ वाक निस्कन धेरैलाई गाह्रो हुन्छ ।
चिसोको मौसम र न्यानो सिरकमा शरिर तातो बनाएर सुतिरहँदा सवेरै उठेर मर्निङ वाक जान सबैलाई असहज नै लाग्दछ । यसैकारण पनि पुस र माघमा महिनामा ८० प्रतिशत मानिसहरुले मर्निङ वाक जान छाडिदिन्छन् ।

तर, सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन सुझाव दिन्छन् मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल ।

डा. अनिलका अनुसार सहि जानकारीको अभावमा मर्निङ वाक गर्ने र नगर्ने दुवैमा स्वास्थ्य समस्या भएको पाइन्छ । जाडोका कारण शरिर र मुटुलाई के कस्तो असर गर्छ भन्ने विषयमा डा. अनिल भन्छन्,

‘जाडोको असरले मुटुका रक्तनली र शरिरका विभिन्न अंगका मध्यम र मसिना आकारको रक्तनलीहरु खुम्चिने गर्दछ । जसका कारणले रक्तचाप बढ्ने तथा मुटुको धड्कन बढ्ने गर्दछ र रगतको प्रवाहमा असमान्यता आउँदछ । यसले गर्दा मुटु र रक्त संचार प्रणालीमा असर पारेको हुन्छ । अनि मुटुलाई अक्सिजनको कमी हुने गर्दछ । जसले गर्दा मुटुलाई सामान्य अवस्था भन्दा बढी काम गर्नुपर्ने हुन्छ । जाडोको समयमा शरिरमा विभिन्न किसीमका रसायनहरु र हर्मोनहरुको उत्पादन हुने गर्दछ जसले शरीरमा रगत जमाउने तत्वहरुको मात्रा पनि बढ्ने गर्दछ । यी सबै कारणले गर्दा मुटु र मस्तिष्कका रक्तनलीहरु क्लट जम्ने र त्यसका कारण हृदयघात हुने तथा मष्तिस्कघात हुने खतरा बढ्छ । तर यी समस्याहरु मुटु रोगको जोखिममा हुनेहरुलाई बढी हुन्छ ।

पुर्णरुपले स्वस्थ्य व्यक्तिमा यसको सम्भावना निकै कम हुन्छ । रक्तचाप र कोलेस्ट्रोल पूर्णरुपले नियन्त्रणमा भएका एउटा सामान्य व्यक्तिले जाडो महिनामा आफ्नो दैनिकीमा परिवर्तन ल्याउन जरुरी हुँदैन । चिसोबाट बच्ने र उपयुक्त सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ । मुटुरोगीहरु, हृदयघात भएकाहरु, ब्लकेज भएको वा बाइपास अप्रेसन गरेका व्यक्तिहरु, मुटुरोगको उच्च जोखिममा रहेका तथा अनियन्त्रित रक्तचाप तथा लामो समयदेखि मधुमेह, उच्च कोलेष्ट्रोल भएकाहरु, दीर्घरोगीहरु, दमका रोगीहरु वा ६५ वर्षभन्दा बढीका व्यक्तिहरु, शारिरीक रुपले निश्क्रिय भएका व्यक्तिहरुले जाडो याममा उपर्युक्त सुरक्षा अपनाउन जरुरी हुन्छ । उहाँहरुलाई जाडोको कारणले. मुटु र मस्तिष्कमा समस्या हुने जोखिम बढी हुने भएकाले सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ । तर, घाम उदाएको बेलामा निस्कन राम्रो हुन्छ । मुटुरोगी र मुटुरोगको जोखिममा भएका व्यक्तिहरुले जाडोमा थप सावधानी अपनाउन जरुरी हुन्छ । अचानक धेरै परिश्रम गर्ने, भारी वस्तु उचाल्ने, गह्रुँगो कुरालाई धकेल्ने गर्नु हुँदैन । लामो समयसम्म शारीरिक परिश्रम गर्नु हुँदैन । विच विचमा विश्राम लिन जरुरी हुन्छ ।

व्यायाम गर्नु तथा मर्निङवाक निस्कनुभन्दा अगाडि शरिरलाई हल्का एक्टिभ बनाउन जरुरी हुन्छ । व्यायाम तथा मर्निङ वाक सुरु गर्नुभन्दा अगाडि केही मनतातो पानी पिएर निस्कन जरुरी हुन्छ । जसले गर्दा शरिरमा डिहाइड्रेशन हुँदैन र यसको दुश्प्रभाव शरिरलाई पर्दैन । जाडोबाट बच्न प्रयाप्त मात्रामा कपडा लगाएर निस्कनु पर्छ । मास्कको प्रयोग पनि जरुरी हुन्छ । यसले शरिरमा चिसो हावा पस्नबाट रोक्छ र जसको नराम्रो असरबाट हामीलाई जोगाउँछ ।

दिउँसो घाम उदाएको बेलामा हिँड्ने, घरभित्र ट्रेडमिलमा हिँड्ने, साँझपख नहिँड्ने, अध्यधिक र चिल्लो खाना नखाने, विशेष गरेर मासुजन्य खानेकुराहरु नखाने र मदिराको प्रयोग पनि नगर्ने वा घटाउने । यी सबै सुरक्षाका साथ हामीले आफ्नो शरिर आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर शारिरीक गतिबिधि गर्न सक्छौं ।’

जनहितका लागि डा. अनिलको सामाजिक संजाल फेसबुकबाट लिइएको ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १३:१३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...