back
CTIZAN AD

राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने

वि.सं.२०७७ पुस ४ शनिवार

690 

shares

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले  हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना हुनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका पक्षमा देशभर उठेका आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए ।

सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, कोरोना नियन्त्रणमा सरकार असफल रहेका कारण पनि राप्रपा सडकमा उत्रनुपरेको अध्यक्ष राणाले बताए ।

अर्का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुर्नस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए । उनले देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

कार्यक्रममा अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

भ्रष्टाचार, बेरोजगारी, धर्म परिबर्तनको बिरोध तथा सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र पुर्नस्थापनाको माग राखी काठमाडौंमा बृहत प्रदर्शन गर्नको निमित्त उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको केन्द्रीय सदस्य जनकराज पाठकले बताए ।

उपत्यकामा प्रदर्शन हुन लागेको प्रदर्शनलाई व्यापक बनाउन राप्रपाले आन्दोलन जनपरिचालन समिति बनाइ पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङलाई संयोजकको जिम्मेवारी दिएको छ ।

वि.सं.२०७७ पुस ४ शनिवार १७:५२ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...