back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ४ शनिवार

615 

shares

४ पुस, काठमाडौं । नेपालमा शनिबार (४ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ६६ हजार २१० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ७८० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ८ हजार ८४० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ४७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५ हजार ३६४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २७९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २१, प्रदेश २ मा ७, बागमती प्रदेशमा १०४, गण्डकी प्रदेशमा ८४ लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा ८ जना गरी जम्मा २७९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ५१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं ललितपुर र कास्की रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ४२१ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका ७१० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । साथै आज ११७५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।

आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७७७ पुगेको छ ।

आज देशैभरी ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणबाट मुक्त
आज देशैभरी ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७८० नमुना परीक्षणमा उपत्यकाका २८१ जनासहित देशैभरी ७८० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०७ र पुरुष ४०४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ६९, प्रदेश २ मा २५, बागमती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा १४६, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् ।

आज थपिएका ७१० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११७५ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । निको हुनेको यो दर ९५. ८ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ हजार ३६४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ३१०, प्रदेश २ मा ६३, बागमती प्रदेशमा २,६७०, गण्डकी प्रदेशमा ८४१, लुम्बिनी प्रदेशमा ८१७, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ५७६ जना गरी ५ हजार ३६४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ४७६ जनाको उपचार भइरहेको छ ।

आज १२ जनाको निधन
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका विभिन्न जिल्लामा आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७७७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा पुस ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ४ शनिवार १७:५७ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...