back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ३ शुक्रवार

663 

shares

३ पुस, काठमाडौं । नेपालमा शुक्रबार (३ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ६१ हजार ४३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ७०६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ९ हजार ३१७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ४८३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५ हजार ८३४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २८३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २३, प्रदेश २ मा ११, बागमती प्रदेशमा १०६, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेश र सुदूरपश्चिममा ७÷७ जना गरी जम्मा २८३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं ललितपुर र कास्की रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ४२७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका ७८२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । साथै आज १०२९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ ।

आज देशैभरी ७८२ जना संक्रमित, १०२९ जना निको
आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ७०६ नमुना परीक्षणमा उपत्यकाका २८७ जनासहित देशैभरी ७८२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०५ र पुरुष ४७७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ४४, प्रदेश २ मा ९६, बागमती प्रदेशमा ३३९, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा १२५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १४१ जना रहेका छन् ।

आज थपिएका ७८२ जनासँगै नेपालमा कोरोना संक्रमतिको कूल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०२९ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । निको हुनेको यो दर ९५.६ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ हजार ८३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २९८, प्रदेश २ मा ४९, बागमती प्रदेशमा २,९४७, गण्डकी प्रदेशमा ८८४, लुम्बिनी प्रदेशमा ९०७, कर्णाली प्रदेशमा ९१ र सुदूरपश्चिम प्रदेशमा ६५८ जना गरी ५ हजार ८३४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ४८३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा आज १६ जनाको निधन
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका विभिन्न जिल्लामा आज १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ३ शुक्रवार १७:१७ मा प्रकाशित

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...