back
CTIZAN AD

अध्यादेश फिर्ता नलिए कडा कदम चाल्छौं-अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ पुस ३ शुक्रवार

669 

shares

३ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने बताएका छन् ।

पेरिस डाँडामा शुक्रबार आयोजित १४ जिल्लाका नेकपा नेताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए ओलीविरुद्ध थप एक्सनमा जाने बताएका छन् ।

अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय अनसार कार्यान्वयनमा ढिलाई गर्न नहुने बताउँदै अध्यक्ष ओलीले पार्टी फुटाउने योजनासहित एकपछि अर्को कदम चालिरहेको र त्यसैको स्वरुप संबैधानिक परिषद् सम्बन्धी अध्यादेश रहेको बताएका छन् ।

१४ जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, पार्टीका जिल्ला अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको सो भेलामा अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीले पार्टी एकता विरुद्धमा गएर अपमान गर्ने, धोका दिने, गरेको भन्दै आफूलाई धोका दिँदै आएको आरोप समेत लगाएका थिए ।

त्यसैगरी भेलामा वरिष्ठ नेता झलनाथ खनालले दस्तावेजमा पुर्ण लोकतन्त्र भनिएपनि अध्यक्ष ओलीले एकलकाटे शैली अपनाएको आरोप लगाएका थिए । खनालले ओलीको यहि कार्यशैलीबाट देश नचल्ने आशय व्यक्त गरेको समेत बताइएको छ ।

त्यसैगरी अर्का वरिष्ठ नेता माधब कुमार नेपालले ओलीले पार्टीलाई बिभाजनतिर लैजान खोजेको भन्दै आफूहरुले पार्टीलाई फुटबाट जोगाउन लागिपरेको तथा सबैले आ–आफ्नो तहबाट पार्टीलाई एक बनाउन लाग्न भेलामा उपस्थित नेतालाई आग्रह गरेका थिए ।

नेकपामा आएको पछिल्लो विग्रह, संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने कु्रामा प्रधानमन्त्रीले गरेको आलटाल लगायतका विषयमा केन्द्रीत रहँदै शुक्रबार १४ जिल्लाका नेकपा नेताहरु पेरिस डाँडामा भेला भएका हुन् ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १८:०१ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...