back
CTIZAN AD

पाउडर दुग्ध प्लान्ट निर्माण गरिने

वि.सं.२०७७ पुस ३ शुक्रवार

774 

shares

३ पुस, काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डले हेटौँडा उपमहानगरपालिका–१० शिसौघारीमा तत्कालै पाउडर दुग्ध प्लान्ट भवन निर्माण गर्ने भएको छ । प्लान्ट निर्माणका लागि अहिले बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीको छनोट गरिएको जनाइएको छ ।

उक्त दुग्ध प्लान्ट भवनको केही दिनभित्रै निर्माण कार्य शुरु गरिने भएको बताइएको छ । प्रदेश सरकारको अनुदान रु ४१ करोड २२ लाख ७१ हजार ५१२ को लागतमा आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर धुलो दुध प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध विकास बोर्डका सूचना अधिकारी डा शत्रुघनप्रसाद साहले बताए ।

उनका अनुसार प्रदेश नं.२ को बारा, रौतहट, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवनका गरी करिब पाँच हजार ६०० कृषकबाट दैनिक साढे ६१ हजार लिटर दूध प्रदेश विकास वोर्डले खरिद गर्ने नीति लिएको छ ।

दुग्ध विकास बोर्डले कृषकबाट खरिद गरेको दूधलाई आधुनिक प्रविधिको माध्यमबाट पाउडर दूध प्याकिङ गरी स्वदेशका साथै विदेशी बजारमा खपतका लागि पठाइने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताए । रासस

वि.सं.२०७७ पुस ३ शुक्रवार १८:३३ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...