back
CTIZAN AD

अनैतिक सम्बन्ध खुल्ने डरले हत्या, दुई पक्राउ

वि.सं.२०७७ पुस ३ शुक्रवार

612 

shares

३ पुस, काठमाडौं । सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताए । उनले भने, “मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिएका छन् ।” रासस

वि.सं.२०७७ पुस ३ शुक्रवार १८:४६ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...