back
CTIZAN AD

सन् २०२१ को पर्यटन क्षेत्रको आधार आन्तरिक पर्यटन: मन्त्री भट्टराई

वि.सं.२०७७ पुस ३ शुक्रवार

612 

shares

३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गरे । उनले भने,“अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।”

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मी, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुदिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गरेका थिए । रासस

वि.सं.२०७७ पुस ३ शुक्रवार १८:५७ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...