back
CTIZAN AD

टर्कीको एक नीजि अस्पतालमा आगलागी; ९ को मृत्यु, ११ घाइते

वि.सं.२०७७ पुस ५ आइतवार

684 

shares

५ पुष । टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन ।

कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।

गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष ९आइसीयू० मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो । घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०९:०९ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...