back
CTIZAN AD

क्रिसमस र नयाँ वर्षका वेला इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने

वि.सं.२०७७ पुस ५ आइतवार

738 

shares

५ पुष । कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले बताएको छ ।

सरकारले सोमबारदेखि १५ दिन लागु हुनेगरी जनवरी ६ सम्मका लागि इटालीको सम्पूर्ण भागलाई कोभिड–१९ माहामारीका कारण हुने ‘खतरा’ को सुचीमा राख्दै सङ्क्रमण नियन्त्रणका लागि कडाभन्दा कडा नियम लागू गरेको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नागरिकले पर्वका समय साथी वा आफन्तसँगको भेटका लागि दिनमा एक पटक मात्र घर छोड्न पाउनेछन् भने अति आवश्यक कामका लागिबाहेक एक प्रशासन क्षेत्रबाट अर्कोमा जान पाउने छैनन् ।
त्यसैगरी आगामी डिसेम्बर २४ बाट लागू हुनेगरी देशभर बार तथा रेष्टुरेण्ट बन्न रहने छन् ।

कोन्टेले भने, “हाम्रा विज्ञहरूले क्रिसमस र नयाँ वर्षमा हुने जमघटका कोभिड कारण सङ्क्रमण बढ्नसक्ने बताएका छन् । महामारी पुनः फैलिन नदिनका लागि हामीले यो बाध्यत्मक निर्णयलाई लागु गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेका छौँ ।

सरकारले खाद्यान्न पसल, सैलुन, फार्मेसी तथा कपडा धुने पसल ९सेवा० लगायतका अन्य केही सेवालाई भने खुला गर्न अनुमति दिएको छ ।

इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

करिब ६ करोड जनसङ्ख्या रहेको इटलीलाई यूरोपेली समुदायको प्राचीन महत्वको स्थानका रूपमा लिने गरिन्छ ।

इटलीमा महामारीका कारण अहिलेसम्म ६८ हजार मानिसले ज्यान गुमाएका छन् भने १९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारको निर्णयलाई इटलीका नागरिकले सहज लिएका बताइएको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०९:१५ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...