५ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलसहित दुई गोलको मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ अन्तरगत पार्मामाथि रोमाञ्चक जित निकालेको छ ।
पार्माको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले ४–० को जित निकाल्न सफल रयो । गएराति भएको खेलमा युभेन्टस्को जितमा खेलको २३औं मिनेटमा डिजान कुलुसेभ्स्की, २६औं मिनेट र ४८औं मिनेटमा रोनाल्डोले आरोन राम्सीको पासमा उत्कृष्ट हेडर गोलगर्दै व्यक्तिगत दोस्रो गोल र ८५ औँ मिनेटमा अल्भारो मोराटा ले गोल गर्दै समग्रमा युभेन्टस्ले ४-० को जित हात पारेको हो ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको युभेन्टस्ले दोस्रो हाफमा पुन २ गोल गर्दै समग्रमा ४ गोल गर्न सफल रह्यो । सिरि ए मा अपराजित यात्रा कायमनै राखेको युभेन्टस्को यो जितसँगै १३ खेलमा ७ जित र ६ बराबरीको नतिजा निकाल्दै २७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहको एसी मिलानको २८ र दोस्रो स्थानमा रहेको इन्टर मिलानको समान २७ अंक रहेको छ ।
वि.सं.२०७७ पुस ५ आइतवार ०९:२२ मा प्रकाशित


























