back
CTIZAN AD

क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको ७ गोल

वि.सं.२०७७ पुस ५ आइतवार

663 

shares

५ पुस, काठमाडौं । लिभरपुलले क्रिस्टल प्यालेस माथि ७-० को सानदार जित निकालेको छ । लिभरपुलका लागि उक्त जित दिलाउन ब्राजिली फरवार्ड रोबर्टो फिर्मिनो र इजिस्टियन फरवार्ड मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शन रह्यो । दुबैले समान दुईदुई गोल गरेका थिए ।

इंग्लिस प्रिमियर लिग अन्तरगत भएको खेलमा लिभपुलको सानदार जितमा खेलको तेस्रो मिनेटमा नै मिनामिनो, ३६औं मिनेटमा साडियो माने, ४४औं मिनेटमा र ६८ औँ मिनेटमा रोबर्टो फिर्मिनो, ५२औं मिनेटमा जोर्डन हेन्डरसन र ८१औं र ८४ औँ मिनेटमा साडियो मानेको स्थानमा मैदान प्रवेश गरेका मोहम्मद सलाहले गोल गर्दै लिभरपुलका लागि समग्रमा ७-० को सानदार जित दिलाए ।

अंक तालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले यो जितसँगै दोस्रो स्थानमा रहेको इभर्टनसँग ५ अंकको अन्तर हात कायम राखेकाे  छ । लिभरपुलको १४ खेलबाट ३१ अंक रहेको छभने इभर्टनको समान खेलबाट २६ अंक रहेको छ ।  एक खेल कम खेलेको टोटेनहमको २५ अंक छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १०:२९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...