काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राख्दै उनले विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
सत्तारुढ दलभित्रबाटै राजीनामा माग भईरहेको बेला ओलीले संसद विघटन गर्ने विकल्प रोजेका हुन् ।
यसअघि उनले शनिबार सत्तारुढ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग दिनभर बेग्ला बेग्लै छलफल गरेका थिए । जानकारका अनुसार नेकपाभित्रको शक्ति समिकरणमा कमजोर देखिएसँगै उनले यस्तो विकल्प लिएका हुन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद बैठकलाई समेत छल्दै उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।
गत बुधबार बसेको नेकपाको स्थायी समिति बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर, स्थायी समिति बैठकमा सहमती जनाए पनि उनले अध्यादेश फिर्ता लिन भने आनाकानी गर्दै आएका थिए ।
वि.सं.२०७७ पुस ५ आइतवार १०:५० मा प्रकाशित






























