५ पौष, काठमाडौं । हिमालयन बैंक लिमिटेडले बार्षिक साधारणसभा डाकेको छ । कम्पनिले २८ औं वार्षिक साधारणसभा पौष २७ गते बोलाएको हो । बैंकको उक्त सभा केन्द्रिय कार्यलय, कमलादी काठमाडौंबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यसैगरी अधिकृत पुँजी बृद्धि गरी १२ अर्ब बाट १५ अर्ब कायम गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ ।
त्यसैगरी, बैंकले साधरणसभा प्रयोजनको लागि पौष १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रकासन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस ५ आइतवार १२:१७ मा प्रकाशित





























