back
CTIZAN AD

पाकिस्तानले दियो न्यूजिल्याण्डलाई १६४ रनको लक्ष्य, १ रनले सतकबाट चुके मोहम्मद हफिज

वि.सं.२०७७ पुस ५ आइतवार

729 

shares

५ पुष, काठमाडौँ । ह्यामिल्टनमा चलिरहेको पाकिस्तान र न्यूजिल्याण्ड बिचको दोस्रो टि-२० मा पाकिस्तानले न्यूजिल्याण्डलाई १६४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको छ । पाकिस्तानका लागि ब्याटिङ्गमा मोहम्मद हफिजले ५७ बल खेल्दैँ सर्वाधिक ९९ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा मोहम्मद हफिजले १० चौका र ५ छक्का प्रहार गरेका थिए । उनी १ रनले गर्दा सतकबाट चुकेका छन ।

न्यूजिल्याण्डका लागि बलिङ्गमा भने टिम साउदीले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए ।

दोस्रो टि-२० जित निकाल्दैँ श्रृखला आफ्नो नाममा गर्नको लागि न्यूजिल्याण्डले २० ओभरमा १६४ रन बनाउनु पर्ने छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:३१ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...