back
CTIZAN AD

संविधान विरुद्धको अघोषित ‘राजनीतिक कू’ – प्रगतिशील रुपान्तरण आन्दोलन

वि.सं.२०७७ पुस ५ आइतवार

759 

shares

५ पुष, काठमाडौँ । प्रगतिशील रुपान्तरण आन्दोलन, नेपालले प्रधानमन्त्रीको संसद विघटनको कदम संविधान विरुद्धको अघोषित ‘राजनीतिक कू’ भएको जनाएको छ ।

संयोजक श्याम श्रेष्ठद्वारा वक्तव्यमा प्रधानमन्त्री केपी ओलीको संसद बिघटन गर्ने आजको कदम यो निर्णय समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान बिरुद्धको अघोषित राजनीतिक कू भएको जनाइएको छ । बहुमत कायम रहेको प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने सुविधा नेपालको संविधानले कहिँकतै प्रदान नगरेको भन्दै यस कदमलाई प्रतिगमनतर्फको यात्रा भनिएको छ ।

यो कदमले नेपालले २०५१ सालको नेपाल जस्तै देशलाई निरन्तर राजनीतिक अस्थिरतातर्फ धकेल्ने जनाउँदै इतिहासले अक्षम्य महाभूल र राजनीतिक पटमूर्खताको पराकाष्ठाको रुपमा स्मरण गर्ने वक्तव्यमा उल्लेख छ ।

‘संसदमा झण्डै दुई तिहाइ बहुमत रहेको एउटा ‘बामपन्थी’ दलले खुरुखुरु आफ्ना चुनावी घोषणापत्रमा लेखिएका रुपान्तरणकारी काम गर्नुको सट्टामा एकपछि अर्को आफ्नै प्रतिवद्धताविरोधी, जनविरोधी र भ्रष्ट काम गरेर अहिले जुन संसद बिघटनसम्मको निर्णयमा पुगेको छ त्यसलाई इतिहासले अक्षम्य महाभूल र राजनीतिक पटमूर्खताको पराकाष्ठाको रुपमा स्मरण गर्नेछ । ’

प्रधानमन्त्रीको कदमका विरुद्ध देशभरिका सबै राजनीतिक दलहरू, नेकपाकै केन्दिय समिति र नागरिक शक्ति एक भएर सडकमा ओर्लन तथा यो अंवैधानिक कदमको प्रतिवाद गरी यसलाई उल्ट्याउन जरुरी रहेको पनि वक्तव्यमा जनाइएको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:३९ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...