back
CTIZAN AD

ओलीको कदमप्रति नेकपाका विद्यार्थी नेताहरु विभाजित, प्रचण्ड पक्ष प्रदर्शनको तयारीमा

वि.सं.२०७७ पुस ५ आइतवार

669 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको प्रस्तावप्रति नेकपा निकटका विद्यार्थी नेताहरु विभाजित देखिएका छन् । प्रधानमन्त्री ओली निकटका विद्यार्थी नेताहरु उनको कदमको बचाउमा लागेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु विरोधमा देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी नेताहरु प्रदर्शनको तयारीमा

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमप्रति प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी नेताहरु प्रदर्शनको तयारीमा देखिएका छन् । प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी नेता रञ्जित तामाङका अनुसार राजधानी काठमाडौंमा दिउसो ३ बजेदेखि प्रदर्शन हुँदैछ भने देशभर प्रदर्शनको लागि आव्हान गरिएको छ ।

उनका अनुसार ओलीको कदम व्यवस्थामाथिको बलात्कार हो । पार्टीभित्रको अन्तरसंघर्षबाट भाग्न उनले यस्तो निर्णय गरेको तामाङले बताए ।

‘केपी ओली पार्टीभित्रको अन्तरसंघर्षबाट भाग्नको लागि समग्र व्यवस्थामाथि नै बलात्कार गर्दै यो बिन्दुमा उभिएका छन्, यो उनको पतनको बाटो हो’ संसार न्यूजसँगको कुराकानीमा उनले भने, ‘जनताको जनमतका विरुद्धमा असंवैधानिक ढंगबाट गरिएको यो निर्णयविरुद्व युवा विद्यार्थी डटेर अगाडि बढ्नेछ, हामी विरोधमा उत्रन्छौं ।’

प्रदर्शनमा नउत्रन ओली पक्षको आव्हान

यता ओली पक्षीय विद्यार्थी नेता ऐन महरले भने प्रदर्शन नउत्रन विद्यार्थीहरुलाई आव्हान गरेका छन् । प्रचण्ड पक्षीय विद्यार्थीहरु प्रदर्शनको तयारीमा जुटेपछि उनले यस्तो आव्हान गरेका हुन् ।

‘आज पुस ५ गते नेकपा को कुनै पनि जनवर्गिय संगठनको प्रदर्शन नभएको जानकारी गराउँदै हुल्लडवाजहरुको हुल्लोमा सहभागी नहुन सम्पुर्णमा हार्दिक अनुरोध छ’, उनले भनेका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:४५ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...