back
CTIZAN AD

अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी पाए लगत्तै ओलीले गरेका थिए संसद विघटन

वि.सं.२०७७ पुस ५ आइतवार

771 

shares

काठमाडौं । संसद विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ । संसद विघटनको निर्णय गर्नुपूर्व आइतबार बिहान १०ः५० मा उनीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको हो ।
जानकारीअनुसार उनीविरुद्व नेकपाकै ८९ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

जसको सूचना पाए लगत्तै ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बसाली संसद विघटन गर्नको लागि सिफारिस गरेका थिए ।

यसअघि मंसिर ३० मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै उनीविरुद्व नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु आक्रामक रुपमा लागेका थिए । पुस १ मा बसेको स्थायी समिति बैठकमा उनले उक्त अध्यादेश फिर्ता गर्ने निर्णय गरेसँगै वातावरण केहि सामान्य भएको थियो ।

तर, ओलीले अध्यादेश फिर्ता नगर्ने र संवैधानिक निकायमा नियुक्तीको प्रक्रिया अगाडि बढाएसँगै थप संकट बढेको हो । संसद विघटन त्यसैको निरन्तरताको घटना भएको जानकारको बुझाई छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १७:०९ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...