back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा पुस ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ५ आइतवार

747 

shares

५ पुस, काठमाडौं । नेपालमा आइतबार (५ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ७० हजार ८३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ६२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ८ हजार ३२० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ४८३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ८३७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २६५ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा ७, बागमती प्रदेशमा ९९, गण्डकी प्रदेशमा ८३, लुम्बिनी प्रदेशमा ४७, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा ४ जना गरी जम्मा २६५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा २ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ५१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं र ललितपुर रहेको छ भने क्वारेन्टिनमा ४२१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मनाङ र मुगु रहेको छ ।

त्यस्तै आज थपिएका ५८८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । साथै आज १०९७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।

आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७८८ पुगेको छ ।

आज देशैभरी ५८८ संक्रमित, १०९७ जना निको
नेपालमा आज ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ६२० नमुना परीक्षणमा उपत्यकाका २३८ जनासहित देशैभरी ५८८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३५ र पुरुष ३६५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ४५, प्रदेश २ मा १०, बागमती प्रदेशमा २७१, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ९१, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन् ।

आज थपिएका ५८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०९७ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०९७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । निको हुनेको यो दर ९६. प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ८३७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २६८, प्रदेश २ मा ४२, बागमती प्रदेशमा २,३२७, गण्डकी प्रदेशमा ७२५, लुम्बिनी प्रदेशमा ७७३, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ६२८ जना गरी ४ हजार ८३७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ४८३ जनाको उपचार भइरहेको छ ।

आज ११ जनाको निधन
नेपालमा आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा आज ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७८८ पुगेको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १७:२२ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...