back
CTIZAN AD

प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको भेला सकियो, संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय

वि.सं.२०७७ पुस ६ सोमवार

714 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको भेला सकिएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको भेलाले संसद विघटन भएको अस्वीकार गर्दै संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको ठहर गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ । भेलाले निर्धारित तालिकाअनुसार संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।

सोमबार सकिएको भेलाले बुधबारलाई संसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेको छ ।

भेलामा प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदहरुको उपस्थिति थियो ।

वि.सं.२०७७ पुस ६ सोमवार १६:५० मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...