back
CTIZAN AD

आज ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस ६ सोमवार

738 

shares

६ मंसिर, काठमाण्डौं । नेपालमा आज ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ३५१ नमुना परीक्षणमा उपत्यकाका ३११ जनासहित देशैभरी ७४२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २९४ र ४४८ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ६०, प्रदेश २ मा ९, बागमती प्रदेशमा ४०४, गण्डकी प्रदेशमा ९६, लुम्बिनी प्रदेशमा १००, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४५ जना रहेका छन् ।

आज थपिएका ७४२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०७९ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । निको हुनेको यो दर ९६.१ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।

नेपालमा घट्दैछ कोरोनाबाट संक्रमण हुनेको संख्या, आज देशैभरी ५८८ संक्रमित, १०९७ जना निको

वि.सं.२०७७ पुस ६ सोमवार १६:३४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...