back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहको केन्द्रीय समितिले छान्न सकेन महासचिव

वि.सं.२०७७ पुस ९ बिहीवार

702 

shares

पुस ९, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय समिति बैठक महासचिव नै नछानी सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठक महासचिव चयन गर्ने एजेण्डामै प्रवेश नगरी सकिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएअनुसार पार्टी महासचिव चयनको जिम्मा स्थायी समितिलाई दिइएको छ । आगामी स्थायी समिति बैठकले महासचिव बारे निर्णय लिने उनले बताए ।

पार्टी महासचिव चयन किन हुन सकेन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टी महासचिव चयन गर्ने अधिकार स्थायी समितिलाई दिइएको छ, आगामी स्थायी समिति बैठकले महासचिवबारे टुंगो लगाउने ।’

उनका अनुसार चर्चामा आए जस्तो महासचिव पदको विषयमा पार्टीभित्र विवाद छैन् । कसैले महासचिव बन्छु भनि विवादसहितको दाबी नराखेको पनि उनको भनाई छ ।

‘महासचिवको विषयमा हाम्रो पार्टीमा कुनै विवादसहितको दाबी छैन्, तीन जनाको दाबी भएको कुरा सत्य होइन्, बाहिर आएको प्रचारहरु गलत हुन्’, उनले भने ।

प्रचण्ड–नेपाल समुहभित्र महासचिवको लागि सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम चर्चामा रहेकै बेला पूर्वमाओवादी र पूर्वएमाले पक्षबाट थप अन्य सदस्यले पनि दाबी गरेको चर्चा आएको थियो । पूर्वएमालेबाट सुरेन्द्र पाण्डेसहित भीम रावल र घनश्याम भुषाल अनि पूर्वमाओवादी पक्षबाट जनार्दन शर्मासहित कृष्णबहादुर महरा र वर्षमान पुनको नाम थपिएको चर्चा छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार १६:२५ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...