१० पुस, काठमाडौं । एभर्टनका प्रशिक्षक कार्लो एन्सीलोट्टीले म्यानचेस्टर युनाइटेडबाट आफुलाई प्रशिक्षक बन्न प्रस्ताव आएको बताएका छन् । तर त्यतिव्यला उनी रियल म्याड्रिडको प्रशिक्षक बन्नेमा छलफलको क्रममा रहेकोले नकारेको बताए ।
कारावाओ कपको क्वाटरफाइनल खेल अगाडीको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्,‘ सर एलेक्स फग्र्युसनले आफ्नो अवकाशपूर्व मलाई म्यानचेस्टर सम्हाल्न प्रस्ताव गरेका थिए । तर म रियल म्याड्रिडको प्रशिक्षक बन्न छलफलमा थिएँ । त्यसपछि भने अर्को अफर आएन ।’ उनले थपे,‘ मेरो अहिले पनि सर एलेक्ससँग राम्रो सम्बन्ध छ र उनले अवकाश लिने निर्णय गरिसकेपछि हामीले भेटेका थियौं ।’
उनले म्यानचेस्टर विश्वका ठूला क्लब मध्य एक रहेको पनि बताए,‘ म्यानचेस्टर युनाइटेड उत्कृष्ट क्लब हो, त्यो उत्कृष्ट क्लबसँग सर एलेक्स फर्ग्युसन क्लबमानै हुदा उनकाे क्लबसँग भिड्ने मौका पाएको थिए । जब म चेल्सिमा थिए ।’ उनले थपे,‘ मेरो यस क्लबप्रति उच्च सम्मान छ, यो क्लब मिलान, रियल म्याड्रिडजस्तै इतिहास बोकेको क्लब हो ।’
एभर्टन लामो समय देखि उपाधि उचाल्न असफल रहदै आएको छ । उसले सन् १९९५ देखि कुनैपनि उपाधि जित्न नसकेकाले आफु एर्भटनका लागि उपाधि दिलाउन पर्ने चुनौतिका वावजुद प्रशिक्षकमा आएको बताएका थिए । यस सिजन एभर्टनले प्रिमियर लिगमा निकै राम्रो खेलिरहेको छ । १४ खेलबाट २६ अंक जोड्दै एर्भटन चौथो स्थानमा छ ।
वि.सं.२०७७ पुस १० शुक्रवार १३:०२ मा प्रकाशित


























