१० पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ४५ जना सांसदकको हस्ताक्षरसहित अविस्वासको प्रस्ताव दर्ता गरिएको छ ।
शु्क्रबार विहान सवा ११ बजे अविस्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेशमा रहेका नेकपाका ८० जना सांसदले मुख्यमन्त्री पौडेललाई डोरमणि पौडेललाई पदमुक्त गरी नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीी पदका लागि सांसद अष्ट लक्षमी शाक्यलाई प्रस्ताव गरेका छौं ।’ मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेको छ ।
‘मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्रीको पदमा रहिँरहँदा उल्लेखित चुनौती र समस्याहरु अझै गम्भीर बन्दै जाने र यसबाट जनता एवम् प्रदेशले ठूलै क्षति व्यर्होनु पर्ने हुन्छ । अतः नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको बिधान २०७५ को धारणा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाको सदस्हरुले माननीय मुख्यमन्त्री डोरमणि पौडेलमाथि विश्वास छैन भनि अविश्वासको प्रस्तावपेश गर्ने प्रायोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अन्ुसार तत्काल प्रदेश सभाको बैठक बोलाउन अनुरोध गर्दछौं ।’ अविस्वासको प्रस्ताव पत्रमा भनिएको छ, ‘साथै वर्तमान मुख्यमन्त्री डोरमणि पौडेललाईै पदमुक्त गरी नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि माननिय अष्ट लक्षमी शाक्यलाई प्रस्ताव गरेका छौं ।’





बागमती प्रदेशका प्रमुख पौडेलमाथि अविस्वासको प्रस्ताव दर्ता, तीनमन्त्रीद्धारा राजिनामा
वि.सं.२०७७ पुस १० शुक्रवार १३:०७ मा प्रकाशित






























