back
CTIZAN AD

प्रचण्ड–नेपालसहितका नेताहरुले निर्वाचन आयोगमै पुगेर बुझाए ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर

वि.सं.२०७७ पुस १० शुक्रवार

735 

shares

पुस १०, काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेकपाले शीर्ष नेताहरुको उपस्थितिमै निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाएको छ । नेकपाले ३१५ सदस्यको हस्ताक्षर बुझाएको प्रचण्ड–नेपाल समुहकी नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमै उपस्थित २९५ सदस्यको हस्ताक्षर आयोगमा बुझाइएको हो । काठमाडौंमा उपस्थित नभएका अन्य २० सदस्यको भने निवेदन बुझाइएको उनले जानकारी दिइन् ।

उनका अनुसार साबिक नेकपाका जम्मा सदस्यमध्ये ३१५ केन्द्रीय सदस्य प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपामा छन् ।

पार्टी एकिकरणपश्चात नेकपाले ४४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । जसमा पछि ४ जनालाई पछि मनोनित गरिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जनाले विभिन्न राजनीतिक तथा संवैधानिक नियुक्तीहरु लिएका छन् ।

‘जम्मा ४३५ मध्ये ३१५ सदस्य यता छन, पार्टीको वैद्यता र चुनाव चिन्ह हामीले नै पाउनुपर्छ भनेर प्रचण्ड र माधव कमरेडले निर्वाचन आयोगमा उपस्थितिसहित कुरा राख्न आज जानुभएको हो’, भुसालले भनिन्, ‘निर्वाचन आयुक्तले पनि संविधान, ऐन, कानूनअनुसार गर्छौ भन्नुभएको छ, लाग्छ अब समस्या हुँदैन् ।’

निर्वाचन आयोगमा आफुँहरुले आवश्यक परे ‘फिजिकल उपस्थिति’ दिन पनि तयार रहेको भुसालको भनाई छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १३:११ मा प्रकाशित

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...