back
CTIZAN AD

बागमती प्रदेशका प्रमुख पौडेलमाथि अविस्वासको प्रस्ताव दर्ता, तीनमन्त्रीद्धारा राजिनामा

वि.सं.२०७७ पुस १० शुक्रवार

696 

shares

१० पुस, काठमाडौं । बागमती प्रदेशका प्रमुख डोरमणि पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाका प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टलले पौडेलका विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसैगरी प्रदेशका तीन मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको भावना अनुरुप काम गर्न नसकेको भन्दै राजिनामा दिएका छन् ।

‘२०७४ माघ २९ गते संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अनुसार पहिलोपटक बनेको बागमति प्रदेश (तत्कालिन प्रदेश नं ३) मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलका नेता माननीय श्री डोरमणी पौडेलको नेतृत्वमा बनेको सरकार यतिबेला प्रदेशका जनताको भावना अनुरुप योजनाबद्ध रुपमा विकास निर्माण जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापीत गर्दै अगाडि बढ्नुपर्नेमा निकै सुस्त रहन पुग्नुमा मुख्यमन्त्री स्वयम्मा दिशा विहिन, निर्णय, प्रदेश सरकारमा संलग्न मन्त्रिपरिषद्का सदस्यको सल्लाह सुझाव पार्टीको संसदीय दलको सल्लाह सुझावलाई बिल्कुलै बेवास्ता गर्दै) अगाडि बढेको र मुख्यमन्त्रीकै कारण जनताप्रति सरकारले जवाफदेहीविहिन बन्दै जान लागेको कारण यहि नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष सहित आजैका मितिबाट लागू हुने गरि राजिनामा दिएका छौ ।’ तीनमन्त्रीद्धारा हस्ताक्षरित राजिनामा पत्रमा भनिएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १२:४६ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...