back
CTIZAN AD

शनिबार तीन अन्तराष्ट्रिय क्रिकेट खेल हुदैँ, र्हेनुहोस क-कस्को बिचमा छन त खेलहरु

वि.सं.२०७७ पुस १० शुक्रवार

696 

shares

१० पुष, काठमाडौँ । शनिबार डिसेम्बर २६  मा एकदैन ३ अन्तराष्ट्रिय क्रिकेट खेलहरु हुन गईरहेका छन ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले शनिबार अष्ट्रेलिया विरुद्ध दोस्रो टेस्ट खेल्ने छ । मेलबर्नमा हुने भारत र अष्ट्रेलिया बिचको दोस्रो टेस्ट खेल नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बाट सुरु हुनेछ । ४ खेलको टेस्ट श्रृखलमा अष्ट्रेलियाले पहिलो टेस्टमा जित निकाल्दैँ श्रृखलामा १-० ले अग्रता लिएको छ ।

सेंचुरियनमा रहेको श्रीलंका क्रिकेट टिमले पनि शनिबार साउथ अफ्रिका विरुद्ध पहिलो टेस्ट खेल खेल्ने छ । यी दुई टिम बिचको पहिलो टेस्ट नेपाली समय अनुसार शनिबार दिउँसो १:४५ बाट सुरु हुनेछ । श्रीलंका क्रिकेट टिमले साउथ अफ्रिका विरुद्ध २ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

त्यसैगरि न्यूजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टिमले पनि २ खेलको टेस्ट श्रृखला अन्तर्गतको पहिलो टेस्ट खेल न्यूजिल्याण्ड विरुद्ध शनिबार खेल्ने छ । ओवलमा हुने पाकिस्तान र न्यूजिल्याण्ड बिचको पहिलो टेस्ट नेपाली समय अनुसार बिहान ३:४५ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १४:३२ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...