back
CTIZAN AD

कोरोनाको प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

वि.सं.२०७७ पुस ११ शनिवार

588 

shares

११ पौष । युरोपमा यस वर्ष क्रिसमसको अवसरमा यहाँका नागरिकहरुले विदा मनाउन पनि पाएका छैनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको छ ।युरोपमा क्रिसमस शुरु भएको छ र आगामी केही दिन योसँगै नयाँ वर्षको अवसरमा पनि विदा दिइएको छ ।

तर पनि नागरिकहरु विदाका साथै क्रिसमसको अवसरमा समेत घरबाट बाहिर निस्किन पाएका छैनन् । धेरै जना नागरिकलाई एकै पटक एक स्थानमा जम्मा हुन दिइएको छैन भने कतिपय स्थानमा त घरबाहिर जान पनि नपाइने गरी कडा खालका प्रतिबन्धहरु लगाइएको छ ।

होटल रेष्टुरेन्टहरु साँझको छ बजे नै बन्द गर्न भनिएको छ भने होटल तथा पार्टी गर्ने स्थानहरुमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन । युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको बताइएको छ । यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्यामा युरोपका प्राय देशका नागरिक परेका बताइएको छ ।

बेलायतमा त कोरोना भाइरस जिवाणुको नयाँ स्वरुपको प्रकोप नै भेटिएको भन्दै यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ । बेलायत सरकारले गएको बुधबार पनि यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । ती स्थानमा नागरिकलाई घरबाट बाहिर पनि निस्किन दिइएको छैन ।

यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् र यसका कारण युरोपका नागरिकले क्रिसमसको अवसरमा कुनै पनि समारोह गर्ने र आनन्द लिने काम गर्न पाएका छैनन् ।

युरोपका कतिपय देशहरुमा यो भाइरसको दोस्रो लहर आएको बताइएको छ । बेलायतमा केही हप्ता यता देखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो ।

बेलायत र अरु पनि कैयौँ देशमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको छ । जर्मनी, बेलायत र फ्रान्सकै पनि कतिपय स्थानका मानिसलाई घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् ।

युरोपका देशहरुले कोरोना भाइरसको प्रकोपको थप समस्याको आंकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियमहरु बनाएका छन् । रासस

वि.सं.२०७७ पुस ११ शनिवार १४:४४ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...