१२ पौष, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले अटोमेटिक सेनिटाईजर मेशिन सहयोग गरेको छ ।
संस्थाले शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा उक्त मेशिन जडान गरी हस्तान्तरण गरेको हो ।
जसबाट कोभिड(१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन् ।
यसैगरि, प्रभु क्यापिटलले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।
वि.सं.२०७७ पुस १२ आइतवार १३:५७ मा प्रकाशित





























