back
CTIZAN AD

अखिल छैंठौंका अध्यक्ष पोखरेलको प्रश्न : विद्या भण्डारीलाई प्रतिगामी घोषणा गर्ने प्रचण्डले उनकै श्रीमानकाे शालिकमा माल्यार्पण गर्न मिल्छ ?

वि.सं.२०७७ पुस १२ आइतवार

1.1K 

shares

पुस १२, काठमाडौं । अखिल छैंठौंका अध्यक्ष बिमल पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीलाई प्रतिगामी घोषणा गर्ने प्रचण्डले उनकै श्रीमान् मदन भण्डारीको शालिकमा माल्यार्पण गरेको प्रति प्रश्न उठाएका हुन् ।

पोखरेलले शालिक मदन भण्डारीको, चुनाव चिन्ह एमालेको र पार्टी कार्यालय एमालेकै चाहिने भए युद्ध किन गरेको भनि प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘श्रीमती विद्या भण्डारीलाई प्रतिगामी घोषणा गर्ने, बल्खु पुगेर श्रीमान मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने, तिनैले प्रतिपादन गरेको बहुदलीय जनवाद अमान्य हुने । शालिक मदन भण्डारीको, चुनाव चिन्ह त्यही एमालेको सूर्य र पार्टी कार्यालय पनि बल्खु नै चाहिने भएपछि १७ हजारको कत्लेआम किन गरिएको थियो ?’

श्रीमती विद्या भण्डारीलाई प्रतिगामी घोषणा गर्ने, बल्खु पुगेर श्रीमान मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने, तिनैले…

Posted by Bimal Pokhrel on Saturday, December 26, 2020

प्रचण्डले फेरिएको शैलीबारे जवाफ दिनुपर्ने पोखरेलको भनाई छ । उनका अनुसार संसद विघटन गर्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली जति जिम्मेवार छन् उत्तिकै रुपमा प्रचण्ड र माधव नेपाल पनि छन् ।

‘संसद विघटनको हदसम्म मात्रै ओली बढी जिम्मेवार छन्, बाँकी दुनियाँ वितण्डाको लागि प्रचण्ड र माधव नेपाल पनि उत्तिकै जिम्मेवार छन्’, उनले भनेका छन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १३:३२ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...