back
CTIZAN AD

नेकपा विभाजनबाट विरक्तिएका धादिङका जिल्ला अध्यक्षले गरे राजनीति नै छाड्ने घोषणा

वि.सं.२०७७ पुस १२ आइतवार

666 

shares

पुस १२, काठमाडौं । नेकपा विभाजनबाट विरक्तिएका धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले राजनीति नै छाड्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

उनले सामाजिक काममा लागिरहने तर, राजनीति भनेर नहिँड्ने बताएका छन् । निकटका नेताहरुलाई पनि पौडेलले आफुँसँग राजनीतिक रुपमा भेटघाटका लागि नआउन आग्रह गरेका छन् ।

‘नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरूसँग नाई रहुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुनेछु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ(आफ्नो योजनामा लाग्नु होला ।’, पौडेलले भनेका छन् ।

पूर्वएमाले खेमाका पौडेल पार्टी विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा देखिएका थिए । तर, उनले आइतबार एकाएक सन्यासको घोषणा गरेका हुन् । उनको घोषणासँगै ओली पक्षकाे जिल्ला कमिटीमा निकै ठूलो अन्याैंलता देखिएकाे छ ।

यस्तो छ सामाजिक सञ्जालमार्फत पौेडेलले गरेको घोषणा

जीवनको पीडादायी निर्णय :

सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवानहरू बर्षौदेखि अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सिमेण्टको जोहो गरे ,कतिले कर्मी कामको तालीम लिए ,कतिले सेनिटरी सामान ल्याए ।

सबै सामान एक ठाउँमा जम्मा भयो, प्राविधिक ईस्टमेट गरियो । सबै सामानबाट एउटै घर बनाए कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर, धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कम्पाउण्ड वालसहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ-आफ्नो कोठा लिए । श्रमिकहरूको थाक थलोको टुंगो लाग्दै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नोभन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने विवाद शुरू भयो । सबै आ-आफ़्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो ।

अब फेरी नयाँ अलग-अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क-कसले जम्मा गरेको हो आ-आफ्नो पट्टी थूप्रो लगाउने होड सुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नष्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ, अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनि मानी रहेको छैन ।

घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ ।

नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरूसँग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुनेछु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला ।

राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।

वि.सं.२०७७ पुस १२ आइतवार १४:०२ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...