back
CTIZAN AD

कमल थापाको प्रश्न : ७० वर्षमा ४० लाख क्रिश्चियन थपिँदा के तपाईँको मन दुख्दैन् ?

वि.सं.२०७७ पुस १२ आइतवार

783 

shares

पुस १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठित रुपमा भैरहेको धर्मपरिवर्तनप्रति प्रश्न उठाएका छन् । उनले सनातीनक धर्म संस्कृतिमाथि भएको आक्रमणले असह्य पीडा भएको बताए ।

२००७ सालमा २ दर्जनको संख्यामा रहेको क्रिश्चियन समुदाय अहिले ४० लाख पुगेको उनको भनाई छ । संगठित रुपमा भैरहेको धर्म परिवर्तनले यस्तो अवस्था आएको थापाले बताए ।

सामाजिक सञ्जालमार्फत थापाले सनातनीक धर्ममाथि भएको आक्रमणबाट पीडा हुन्छ कि हुँदैन् भनि प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन । तर, २००७ सालमा २दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४०लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यतामाथीको यो आक्रमणले असह्य पिडा हुन्छ । के तपाईको मन दुख्दैन् ?’

उनका अनुसार धर्म परिवर्तनको निशामा सबैभन्दा बढि आदिवासी, जनजाति र दलित समुदाय परेका छन् । पहिचानवादी छद्मभेषीले नै धर्म परिवर्तनमा संगठित रुपमा काम गरेको उनको आरोप छ ।

‘धर्म परिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी र जनजाति र दलित समुदाय परेका छन् । पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी र जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्। यिनले डलरसँग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्।’, थापाले भनेका छन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १६:४६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...