back
CTIZAN AD

संखुवासभा घटना : नक्कली भिडन्त भएको विप्लव समुहको दाबी

वि.सं.२०७७ पुस १३ सोमवार

750 

shares

पुस १३, काठमाडौं । संखुवासभाको चैनपुर–४ स्थित मैदानेमा आइतबार भएको भनिएको दोहोरो भिडन्त नक्कली भएको नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)ले दाबी गरेको छ । घटनाबारे एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले घटना सर्वसाधारणमाथि गरिएको ज्यादती लुकाउन बनाइएको नक्कली भिडन्त भएको बताएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डका अनुसार प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी चन्द्रकला राईमाथि भिडन्तको नाममा अचेत हुनेगरि कुटपीट गरेको छ । उनका अनुसार प्रहरीले राईको ढाड नै भाँचेका छन् ।

‘संखुवासभा जिल्लाको चैनपुर नपा. ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा प्रकाण्डले भनेका छन्, ‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ, यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।’

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले भने घटना दोहोरो भिडन्त भएको दाबी गरेका छन् । संसार न्यूजसँगको कुराकानीमा उनले उक्त क्षेत्रमा नेकपाका जिल्ला इन्चार्ज भएको विशेष सुराकीका आधारमा गएको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले फायरिङ्ग गरेको बताए । उनले नेकपाका कार्यकर्ताले फायरिङ्ग खोलेपछि प्रहरीले फायरिङ्ग खोलेको दाबी गरेका छन् ।

वि.सं.२०७७ पुस १३ सोमवार १२:०४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...