१३ पौष, काठमाडौं । सेञ्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछी २४ औँ साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाइ वितरण गरिने कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ पुस १३ सोमवार १२:०६ मा प्रकाशित






























