back
CTIZAN AD

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा यस्तो छ सुष्माको आइटम डान्स

वि.सं.२०७७ पुस १३ सोमवार

657 

shares

काठमाडौँ । अभिनेत्री सुष्मा काकी फिचर्ड रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । यो गीतको भिडियोमा नायिका कार्कीले आइटम नृत्य गरेकी छिन् । गीतको भिडियोमा चलचित्रका केही एक्सन दृश्यलाई पनि समावेश गरिएको छ ।

यो चलचित्र निर्माण भएको केही समय भएपनि चलचित्र रिलिज हुने या नहुने अन्यौल थियो । तर, अब भने यो चलचित्रलाई रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । यही बर्ष नै चलचित्र रिलिज गर्ने भनिएतापनि निर्माणपक्षले मिति भने तय गरेको छैन ।

नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यस्तै, यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । चलचित्रका निर्देशक दीपेश सापकोटा हुन् । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

वि.सं.२०७७ पुस १३ सोमवार १२:५१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...