१३ पुस, काठमाडौं । प्रवासी नेपाली एकता मन्च युकेले पार्टीको अनुसासन विपरित जाने सदस्यहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्च्का अध्यक्ष राजेन्द्र पुडाशैनीको अध्यक्षता र सचिव सुरेश गौतमको संचालनमा सम्पन्न भएको मन्चको आइतबारको अनलाइन बैठकले पार्टी बिभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितीमा पार्टीका नेता र आफ्ना सहकर्मी साथीहरूलाई अशोभनीय र गैह्रराजनीतिक टिप्पणीहरु नगर्न समेत सचेत गराउने निर्णय गर्दै पार्टी अनुशासन बिपरित जाने सदस्यहरुलाई आबस्यक परे कारबाही गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले प्रधानमंत्री के पी शर्मा ओलीद्धारा संवैधानिक व्यवस्था विपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानमाथि नै प्रश्न उठ्ने भन्दै ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको ठहर समेत गरेको छ ।
बैठकमा मन्चका अध्यक्ष, सचिव तथा सदस्यहरु रबिन्द्र कंडेल, कुमार केसी मान बहादुर गुरूङ, उमेश राज मोक्तान, ठाकुर प्रसाद शर्मा,सरस्वती केसी, बिजय बिक्रम लिङदेन, शेरसिंह ठकुरी, कृष्ण भण्डारी, शुरेशजंग शाह, कपिल श्रेष्ठ, सुशिला राई, पार्वती पाण्डे, बिमला सेने, मिनु श्रेष्ठ, अरुण थापा, कृष्ण तिवारी, हरिकृष्ण पौडेल, राममणी रिजाल, पदम राई, जोनी पहारी, हेम लिम्बु, राजन अर्याल, रामजी बराल,दासुराम पाण्डे, धन बहादुर क्षेत्री, फुल प्रसाद कडेल र नरेन्द्र कडेलको सहभागीता रहेको थियो ।
‘सरकारको नीति तथा कार्यक्रम र बजेट पास हुन अबरोध नभएको साथै सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमंत्री कमरेड के पी शर्मा ओलीले प्रतिनधिसभा विघटन गर्नु गलत भएको कुरा यस बैठकले ठहर गरेको छ । संवैधानिक व्यवस्थाविपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान माथि नै प्रस्न उठ्ने भएकोले प्रधानमन्त्री ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको अवस्थामा अब पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आ–आफ्नो ठाउँबाट दृढतापुर्बक उभिनको लागि आब्हान गर्ने निर्णय गरियो,’ बैठकको निर्णय नं २ मा भनिएको छ , ‘यस निर्णयमा यस कमिटि का सदस्यहरु कमरेड सरस्वति के सी र कमरेड हेम लिम्बुले असहमति ब्यक्त गर्नु भयो भने कमरेड बिमला सेने र कमरेड विजय बिक्रम लिङ्देनले सर्बोच्च अदालतको फैसला नआउदासम्म यस बिषयमा मौन बस्ने विचार ब्यक्त गर्नु भयो ।’
मन्चले वर्तमान परिस्थितिको बारेमा स्वतन्त्र र नागरिक समाजका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।
वि.सं.२०७७ पुस १३ सोमवार १२:५० मा प्रकाशित





























