back
CTIZAN AD

नेकपा विभाजन पछिको तुच्छ र गालीमुखी बहस बारे

वि.सं.२०७७ पुस १३ सोमवार

858 

shares

नेकपा भित्रको विवाद र विभाजन सिद्धान्तले ल्याएको विवाद र विभाजन होइन । यो पार्टिभित्रका केही नेताहरूको कार्यशैली ल्याएको विवाद र विभाजन मात्र हो ।

२००६ देखिको मूर्त ईतिहास बोकेको नेकपा घोषित अघोषित रूपमा विभाजित भएको छ । यो विभाजन मुलुक र विश्व बामपन्थी आन्दोलनको लागि एउट ठूलै धक्का भएर इतिहासमा कोरिने निस्चित छ ।

यो विभाजनबाट, व्यक्त या अव्यक्त रूपले, गणतन्त्र, संघियता र बामआन्दोलनमा रुचि र रूझान राख्ने एउटा ठूलै मानव समुदाय स्तब्ध र दुखी भएको छ । मार्क्सवादी सिधान्त अनुसार सबै घटना या परिघटनाका दुइटा पाटा हुन्छन् भनेझैं यही विश्व मानव समुदायको एउटा हिस्सा उत्साही र खुसी भएको छ । विभाजनले निम्त्याएको यो सुख र दुख : दर्शन र दृस्टिकोणका हिसाबले अत्यन्त स्वभाविक छ ।

दैनिक जीवनमा सामान्यतया हाम्रा बानी, व्यवहार र अभिव्यक्तीहरू उस्तैउस्तै लाग्छ्न् । सामान्य र समान पनि लाग्छन् । तर विशिष्ठ र असमान्य अवस्थामा समान र सामान्य लाग्ने हाम्रो शैली, गतिविधी र अभिव्यक्ती कि त धेरै समान, कि त धेरै असमान रूपमा अगाडि आउँछन् । साँच्चै भन्दा यस्तै बेला र यस्तै घटनामा मान्छेको रुचि, स्वार्थ र समझदारीको सही पहिचान हुन्छ । माक्र्सवादी दर्शनमा यसलाई वर्गीय हितले अभिप्रेरित स्वार्थ, दर्शन र विचारको विस्फोट भनिन्छ । फ्रायड र एड्लरजस्ता मनोवैज्ञानिकहरूले यसलाई मानव मनको चेतन अवचेतन तहमा बसेको स्वार्थ र हितको नाम दिन्छन् । असामान्य स्थितिमा व्यक्त मानव व्यवहार र आचरणलाई हेर्दा दुबै विचार सत्यको निकट देखिन्छन् ।

नेकपा नेता कार्यकर्ताहरूले अस्ति हामी अलग थियौं, हिजो हामी एक भयौं, आज हस्मी छुट्टिएयौं, भोलि हामी एक हुन्छौं भन्ने सामान्य समाज विज्ञानको नियमलाई समेत प्रवाह नगरेको देख्दा आजसम्म कार्यकर्ताले के सिके र नेताहरूले के सिकाए भन्ने प्रश्नले नघेरी रहन सक्तैन ।

करिबकरिब एक वर्ष लामो नेकपाभित्रको मुखरित विवाद र केहि दिन अघिको विभाजनकारी विवादका पक्ष वा विपक्षमा देखिएका सडक र सामाजिक सञ्जालमा व्यक्त तिक्खर विचार, गालीगलौज र विवाद, बहस पनि त्यही स्वार्थ, हित र रूचीका अभिव्यक्ती हुन् । यति हुँदाहुँदै पनि स्वार्थहितको अभिव्यक्ती कसरी र कतिबेला हुन्छ, त्यसको घन्त्व र दिशा कुन हुन्छ भन्ने कुरामा भने बहस हुनु टड्कारो आवश्यक्ता बोध भएको देखिन्छ ।

करिव ७० वर्षको ईतिहास बोकेको, आदर्श, दर्शन र सिद्धान्तबाट दिक्षित र प्रशिक्षित कार्यकर्तामा आधारित भनिएको नेकपाका बहूसंख्यक कार्यकर्ता र बहूसँख्यक नेताहरूले यस्तो बेला आफूलाई कसरि मुखरित गर्ने, विवाद, बहस र अन्तर्विरोधलाई कती सम्म चर्काउने भन्ने कुरामा ध्यान नदिएको प्रस्ट हुन्छ । समान र समान विच पनि द्वन्द हुन्छ र असमानहरू पनि समान हुन्छन् भन्ने मार्क्सवादको गहनतालाई बुझ्न त परै जाओस नेकपाले जननेता भन्दै आएको जबजका प्रतिपादक स्वर्गीय नेता मदन भण्डारीले भन्नुभएको एउटा सहज कथन ‘राजनीतिमा स्थायी दुश्मन र स्थायी शत्रु कोही हुँदैनन्’ भन्ने सहज भनाईलाई समेत कसैले मनमा राखेको आभास हुँदैन ।

समग्रमा नेकपा नेता कार्यकर्ताहरूले अस्ति हामी अलग थियौं, हिजो हामी एक भयौं, आज हामी छुट्टिएयौं, भोलि हामी एक हुन्छौं भन्ने सामान्य समाज विज्ञानको नियमलाई समेत प्रवाह नगरेको देख्दा आजसम्म कार्यकर्ताले के सिके र नेताहरूले के सिकाए भन्ने प्रश्नले नघेरी रहन सक्तैन ।

नेकपा भित्रको विवाद र विभाजन सिद्धान्तले ल्याएको विवाद र विभाजन होइन । यो पार्टिभित्रका केही नेताहरूको कार्यशैली ल्याएको विवाद र विभाजन मात्र हो । विश्व राजनीतिमा, नेपाली राजनीतिमा र तपाईं हाम्रै निजी जीवनमा समेत यस्ता विवादहरूलाई दर्शन, विचार र सिधान्तको लेपन लगाउने प्रवृति छ । तर त्यस्ता प्रबृतिलाई पछ्याउनेहरूले, खास गरि आफूलाई द्वन्द्वात्मक विज्ञानका विधार्थी र कम्युनिस्ट नेता कार्यकर्ता भन्नेहरूले ‘कार्यशैलीलाई सिधाान्तको लेपन’ लगाउने प्रबृतिको पहिचान गर्नु अनिवार्य हुन्छ । वैचारिक विवाद नै भए पनि त्यो विचार कतिसम्म मार्क्स्वाद, लेनिनवाद सम्मत छ या मुलुकको यतार्थतासँग कति मेल खान्छ भन्ने कुरामा ध्यान पुगेन भने समाजवादी आन्दोलन र कम्यूनिस्ट पार्टिको मात्र होइन, समग्र राष्ट्रकै भविश्य अन्धकारमय हुने सम्भावना छ । अहिले हामी त्यही विन्दुमा उभिएका छौं ।

मार्क्सवादका विधार्थिहरूले बुझ्नु पर्ने हो एउटै वर्ग, एउटै सामाजिक परिवेश, एउटै स्कूलिङबाट हुर्केका नेता र कार्यकर्ताहरूमा कुनै एउटा बस्तु र घटनामा लगभग समान विचारको विकास हुनुपर्छ । यो सैद्धान्तिक वाक्यको गहिरो महत्व खोज्दा त यस्ता घटनामा विचार मात्र होइन, व्यवहार समेत समान हुनु पर्दछ । तर नेकपाको विभाजन, विभाजन अघि र विभाजनपछिको तुच्छ र गालीमुखी वहसले मार्क्सवादको त्यो आधारभूत सिद्धान्तमै प्रहार गरिरहेको छ । एउटै घटनामा हाम्रा विचार र दृस्टिकोण फरक हुनुको एउटै अर्थ हो या त हामी भ्रमले जेलिएका छौँ या त व्यैयक्तिक लोभ र लालचले घेरिएका छौं ।

वि.सं.२०७७ पुस १३ सोमवार १६:५१ मा प्रकाशित

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...