back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १३ सोमवार

711 

shares

१२ पुस, काठमाडौं । नेपालमा सोमबार (१३ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख १५ हजार २३२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५,५७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६,४२७ जना  रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,४०५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३,०२२ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २५४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०, प्रदेश २ मा ५, बागमती प्रदेशमा १०७, गण्डकी प्रदेशमा ६५, लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा २ जना गरी जम्मा २५४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ८ जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्लाहरुमा मुगु, रुकुमपश्चिम, महोत्तरी, सर्लाही र सिराहा रहेका छन् ।

त्यस्तै आज थपिएका ६५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । साथै आज ७१८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३२ पुगेको छ ।

आज देशैभरी ६५९ जना संक्रमित, ७१८ जना संक्रमणबाट मुक्त ७ जनाको मृत्यु
नेपालमा आज ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ५७८ नमुना परीक्षणमा उपत्यकाका २७८ जनासहित देशैभरी ६५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २५२ र ४०७ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ६६ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा ३४३ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ६६ जना तथा कर्णाली प्रदेशमा २४ जना र सुदूरपश्चिम प्रदेशमा १०० जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ६५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ ला ५० हजार ५८१ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ११६, प्रदेश २ मा १८, बागमती प्रदेशमा १,२२५ गण्डकी प्रदेशमा ४६७, लुम्बिनी प्रदेशमा ६८७, कर्णाली प्रदेशमा १०३ र सुदूरपश्चिम प्रदेशमा ४०६ जना गरी ३०२२ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,४०५ जनाको उपचार भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा पुस १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १३ सोमवार १६:५२ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...