back
CTIZAN AD

शान्ति क्षेत्रका प्रस्तावक राजा विरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती

वि.सं.२०७७ पुस १४ मंगलवार

2K 

shares

१४ पुस, शुक्रबार । तत्कालिन राजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको आज ७५ औँ जन्मजयन्ती हो । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ सालमा भएको थियो ।

यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रले २०४२ दक्षिण एशियाली क्षेत्रीय सहयोग सगठन (सार्क)को स्थापना गरे । उनले तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

शाहवंशका दशौं राजा विरेन्द्रको परिवारको वि.सं. २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरवारभित्र नरसंहार भयो । राजा विरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भयो, जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ । विभिन्न प्रतिवेदनहरुमा नरसंहारको घटना छोरा दीपेन्द्रले घटाएको भनिएको छ तर यो कुरालाई जनताले पत्याउन सकिरहेका छैनन् ।

नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव
राजा विरेन्द्रले आफ्नो राज्याभिषेकका अवसरमा २०३१ सालमा अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । राजा वीरेन्द्रको सो प्रस्तावको सय भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए ।

उक्त प्रस्ताव अमेरिका, चीनलगायतका मुलुकले स्वीकारे पनि छिमेकी राष्ट्र भारत, रूसलगायतले अस्वीकार गरेका थिए । अमेरिका लगायतका विश्वका प्रमुख राष्ट्रले मान्यता दिएपछि शान्तिक्षेत्रको प्रस्ताव धेरै महत्व पायो । पञ्चायती व्यवस्थाको अन्त्यसम्म आइपुग्दा यो प्रस्तावको विश्वका १ सय ३० राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपालको यो प्रस्ताव कुनै देशका विरुद्ध लक्षित नभई नेपालले छुट्टै मान्यता पाउन र छिमेकमा हुने अप्रिय घटनाबाट नेपाल अलग रहन चाहेको हुनाले शान्तिक्षेत्रको प्रस्ताव अगाडि ल्याइएको थियो ।

बहुदल आएसँगै शान्ति क्षेत्रको प्रस्तावको एजेण्डलाई खासै महत्व दिइएको छैन । जानकारहरु यसलाई संयुक्त राष्ट्रसंघमा लानु पर्ने बताउँछन् । तर नेपालको शान्ति क्षेत्र प्रस्ताव संयुक्त राष्ट्रसंघमा लाने नलाने मात्र होइन कसरी स्वीकृत वा अस्वीकृत हुन्छ र त्यसको प्रयोजन के हो भन्नेमा त्यतिबेलादेखिको द्विविधा अहिले पनि कायमै छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार ०९:२८ मा प्रकाशित

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...