back
CTIZAN AD

दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी, श्रृखला १-१ को बराबरीमा

वि.सं.२०७७ पुस १४ मंगलवार

633 

shares

१४ पुष, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच मेलबर्नमा भएको दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङ्गसमा ७२.३ ओभर खेल्दैँ १९७ रन बनाएर अलआउट भएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा मार्नस लबुशेनले सर्वाधिक ४८ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिएका थिए ।

अष्ट्रेलिया अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारतले भने आफ्नो पहिलो इनिङ्गमा ११५.१ ओभर खेल्दैँ ३२६ रन बनाएर अलआउट भएको थियो । भारतका लागि कप्तान अजिंक्य राहणेले सतक बनाएका थिए । राहणे ११२ रन बनाएर आउट भएका थिए भने रविन्द्र जडेजाले पनि ५७ रनको पारी खेलेका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा भने मिचल स्टार्क र नेथन लायनले सर्वाधिक ३/३ विकेट लिएका थिए । ३२६ रन बनाएको भारतले आफ्नो पहिलो इनिङ्गसमा अष्ट्रेलिया विरुद्ध १३१ रनले लिड लिएको थियो ।

पहिलो इनिङ्गसमा १३१ रनले पछि परेको अष्ट्रेलिया आफ्नो दोस्रो इनिङ्गसमा २०० रन मा अलआउट भएको थियो । अष्ट्रेलिया दोस्रो इनिङ्गसमा २०० रनमा अलआउट भएपछि भारतले जितको लागि ७० रनको लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शुभमन गील ३५ र कप्तान अजिंक्य राहणे २७ रन बनाएर नटआउट रहेका थिए ।

जितसँगै भारतले ४ खेलको टेस्ट श्रृखलामा १-१ ले बराबरी गरेको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार ०९:४८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...