back
CTIZAN AD

दुप्चेश्वर मन्दिरमा जात्राको रौनक

वि.सं.२०७७ पुस १४ मंगलवार

1K 

shares

१४ पुष, त्रिशूली । ऐतिहासिक धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक अझैं छ ।

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर मन्दिरमा जात्रा चलिरहेको छ । हरेक वर्ष मङ्सिर पूर्णिमा अर्थात् धान्यपूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने दुप्चेश्वर महादेवको मन्दिरमा यो वर्ष पुस १० गते एकादशीदेखि शुरु भएको मेलाको विशेष रौनक सोमबारदेखि शुरु भएको हो ।

मन्दिरका पुजारी भगवानहरि धितालकाअनुसार त्रयोदशीदेखि पूर्णिमासम्म विशेष पूजा र आरधना गर्न लागिएको छ ।

“कोरोना भाइरस सङ्क्रमणका कारण मन्दिरमा नियमित पूजाआरधना मात्र गर्ने तयारी भए पनि एकादशीदेखि नै पूजा गर्नेको चहलपहल बढेसगैँ जात्रालाई नियमित रुपमा चलाइएको हो”, उनले भने, “दर्शनार्थीको व्यवस्थापन, स्वास्थ्यसेवा, सुरक्षा बन्दोबस्ती, भेटी र सवारी साधनको पार्किङलगायतको प्रभावकारी व्यवस्थापन गरिएको छ ।”

‘दुप्चेश्वर क्षेत्र विकास कोष’ मार्फत दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा सो व्यवस्थापन गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो समयमा मन्दिरमा आरती एवं भक्तिसङ्गीत मात्र चलाइने गरिएको भए पनि पूर्णिमाको अवसरमा लाग्ने जात्रा तथा भगवानको दर्शनका लागि एकादशीदेखि मन्दिर खुला गरिएको छ ।

स्थानीयवासीका अनुसार करिब दुई सय वर्षअघि स्थानीयवासी वासु तामाङको गाई तादी सूर्यमती नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाइ बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आराधाना तथा आस्था प्रकट गर्ने गरेका छन् ।

समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किम्बदन्ती पनि जोडिन्छ । ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले विशेषगरी सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेको पुजारी भगवानहरि धितालले बताए ।

मन्दिरमा दर्शन गरेमा सन्तानको प्राप्ति, बोली नफुटेका बालबालिकाको बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा फलिफाप हुनेलगायतको आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजन पुग्ने गरेका छन् ।

‘सानो पशुपतीनाथ’ को रुपमा परिचित महादेव दुप्चेश्वर गाउँपालिका–३ मा अवस्थित छ । उक्त स्थानसम्म जान भौगोलिक रुपमा कठिन हुने हुँदा एक पटक पुग्नु नै पर्छ भन्ने धेरै भक्तजनको भाकल पूरा गर्न आवश्यक व्यवस्थापनका लागि आफूहरु सक्रिय रहेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको छ ।

उनका अनुसार जात्रामा सहभागी भक्तजनका लागि आउजाउ सहज बनाउन रामती बजारसम्म नै यातायातको साधन सञ्चालनमा ल्याइएको छ । त्यहाँबाट १५ मिनेटको पैदलयात्रामा मन्दिरसम्म सजिलै पुग्न सकिने भएको छ ।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बास बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामा, ठ्याङ्ग्रेहरुका लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको छ । सो जात्रा मेलामा धुपिक, डोको, थुञ्चे बिक्री हुने गरेको भएपनि लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशमा गरिएको कडाइले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको सङ्ख्या पछिल्लो वर्ष घट्दै गएको छ ।

‘दुप्चेश्वर क्षेत्र विकास कोष’का अनुसार गतवर्ष धान्यपूर्णिमाको अवसरमा पन्ध्र हजार दर्शनार्थीले दर्शन गरेकोमा यो वर्ष कोरोना रोगको सङ्क्रमण जोखिमका कारण दर्शनार्थी कम हुने देखिएको छ ।

दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् । गतवर्ष धान्यपूर्णिमाका अवसरमा १५ हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेकाले यस वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण त्योभन्दा कम हुने अनुमान गरिएको छ ।
रासस

वि.सं.२०७७ पुस १४ मंगलवार १२:४६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...