नेकपाको बिभाजन असर केन्द्रदेखि जिल्लातह सम्म पुगेको छ । प्रधानमन्त्री ओली र प्रचण्ड माधव पक्षका सभासददेखि जिल्ला कमिटीका अध्यक्षले आ–आफनो पक्षमा कार्यकर्ताहरु तान्न थालेका छन् ।
अर्कोतर्फ एकपक्षले डाकेको बैठक र सभामा अर्को पक्षले नजान कार्यकर्तालाई निर्देशन गर्न थालेपछि नेकपा पार्टीका कार्यकर्ताहरु यता जाने कि उता जाने भन्ने बिषयमा अलमलमा परेका छन् ।
ओली पक्षका केन्द्रीय सदस्य एबम प्रतिनिधि सांसद मोहन बानियाँले कार्यकर्ताहरुलाई प्रचण्ड–माधव पक्षले आयोजना गरेको बिरोधसभा देखि जिल्ला कमिटीको बैठकमा नजान निर्देशन दिएका छन् ।
आज पौष १४ गते मंगलबार दिउसो प्रचण्ड–माधव पक्षले मुगु गमगढी बजारमा ओली सरकारबिरुद्ध बिरोध प्रर्दशन गर्न लागेको जानकारी पाएपछि सभासद मोहन बानियाँ, कर्णाली प्रदेश सभासद एवम केन्द्रीय सदस्य दानसिह परियार, केन्द्रीय सदस्य उब्जन शाही केन्द्रीय सदस्य सोनाम लामा र केन्द्रीय सदस्य सोनाम छेजुङ लामाले सामाजिक संञ्जाल मार्फत कार्यकर्तालाई सहभागी नहुँन आग्रह गरेका छन् ।
नेकपा पार्टीको मुगु जिल्ला कमिटीमा अध्यक्ष सुकबीर बुढा सचिव धर्मबहादुर शाही प्रचण्ड–माधव पक्षतिरै भएकोले संसद बिघटनमा ओली प्रति रोश प्रकट गर्दै बिरोधका कार्यक्रम घोषणा गरि सकेका छन् ।
नेकपा पार्टी मुगु जिल्ला कमिटीमा प्रचण्ड– माधव पक्षको बहुमत रहेको अध्यक्ष बुढाको भनाई छ । ‘गुटको हिसावले सभासद बानियाँले जे सुकै भनुन् ओलीको असंबैधानिक, निरंकुस र अलोकतान्त्रिक र प्रतिगामी कदमबिरुद्ध सडक संर्घषर्ण जारी रहने छ ।’
एउटा गुटको हिसावले बानियाँले बोलेको कुरा जिल्ला कमिटीमा टुगो नलाग्ने बुढाले बताए । कर्णाली प्रदेश सभासद दानसिह परियार ओली पक्षतिर र अर्को प्रदेश सभासद चन्द्रबहादुर शाही प्रचण्ड– माधव पक्षतिर छन ।
मुगुमा आफनो पक्षलाई बलियो बनाउन प्रधानमन्त्री ओलीले सोनाम लामा प्रदेश सभासद दानसिह परियार र सोनामछेजुङ लामा र खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाहीलाई नयाँ केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का नाममा २०७७/०९/१४ गते मुगु जिल्लामा कथित बिरोध सभा तोकियको भनी कार्यकर्ता माझ भ्रम…
Posted by Mohan Baniya on Monday, December 28, 2020
वि.सं.२०७७ पुस १४ मंगलवार १४:०८ मा प्रकाशित





























