back
CTIZAN AD

प्रियंका, कवि र किरणले छाने ‘मिस्टर एण्ड मिस टिकटक’, को बने त बिजेता ?

वि.सं.२०७७ पुस १४ मंगलवार

666 

shares

काठमाडौँ । कन्डेल कन्सलटेन्सिको प्रस्तुती र द जिएमआई र सहि हो इभेन्ट्सको आयोजनामा सम्पन्न भएको ‘मिस्टर एण्ड मिस टिकटक नेपाल २०२०’ को उपाधि सृजना घिमिरेले हात पारेकी छिन्। उनले ४३ हजार भोट ल्याएरसर्वोत्कृष्ट बन्न सफल भएकी हुन्।

कार्यक्रमको जजको रुपमा नायिका प्रियंका कार्की, कोरीयोग्रफर कविराज गहतराज र हास्यकलाकार किरण केसि थिए । जज र भोट पचास पचास प्रतिशत गरेर विजेता छानिएको आयोजक महेश लामिछानेले बताए । यस्तै फस्ट रनर अपको उपाधी काजोल नेपाल र सेकेन्ड रनर अपको उपाधि पुनम तिरुवा र सम्मान मल्ल श्रेस्ठले हात पारेका छन्।

राजधानिमा एक कार्यक्रमका बिच भएको फिनालेमा नेपालमा भएका सबै कन्टेस्टेन्ट उपस्थित थिए। उत्कृष्ट १२ मा परेका सबैलाई एउटा एउटा उपाधी दिएर अवार्ड प्रदान गरिएको थियो। युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

विजेताले एउटा फिल्म, २ ओटा म्युजिक भिडियो र १ लाख पचास हजार क्यास पाएको छ । यस्तै, फस्ट रनर अपले एउटा म्युजिक भिडियो, एउटा वेब सिरिज र १ लाख क्यास पाएका छन्। यस्तै सेकेन्ड रनर अप बनेका २ जनाले भने ५० हजार क्यास पाएका छन्।

वि.सं.२०७७ पुस १४ मंगलवार १३:४८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...