back
CTIZAN AD

प्रचण्ड-माधव समुहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा, ओली समूहको भेला कार्की ब्यांकेटमा

वि.सं.२०७७ पुस १५ बुधवार

705 

shares

१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहको स्थायी कमिटीको बैठक आज पार्टी कार्यालय पेरिस डाडाँमा बस्ने भएको छ ।

पेरिसडाँडामा दिउँसो १२ बजे बस्न लागेको सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनका थप कार्यक्रमबारेमा छलफल गरिने बताइएको छ । साथै सोहि बैठकले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिनेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधब समुहले मंगलबार उपत्यकामा बृहद विरोध प्रदर्शन गरिसकेको छ । हरेक दिन कुनै न कुनै आन्दोलनका कार्यक्रम गर्ने बताएको उक्त समूहले नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालनका लागि समिति नै गठन गरेको छ ।

उता पार्टी भित्रैबाट असहज पारिएकाले काम गर्न नपाएको भन्दै प्रतिनिधिसभा विघटन गरेका  नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहले विभिन्न जिल्लाका कार्यकर्ताहरुको भेला आयोजना तथा प्रशिक्षणका कार्यक्रमहरुलाई तिब्ररुपमा अघि बढाएको छ । यहि सिलसिलामा ओली समूहले बबरमहलस्थित कार्की ब्यांकेटमा नेकपा सूदुरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

दिउँसो १२ बजेका लागि बोलाइएको उक्त भेला तथा प्रशिक्षणमा प्रधानमन्त्री ओली आफै सहभागी हुने भएका छन् ।

वि.सं.२०७७ पुस १५ बुधवार ११:०९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...